NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

काठमाडौंका १८ वडामा कांग्रेस र १२ वटामा एमालेको जित

काठमाडौं । काठमाडौं महानगरपालिकामा ३० वटा वडाको मतगणना सकिएको छ । यी वडामध्ये १८ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने १२ वटा वडामा नेकपा एमाले विजयी भएको छ ।

पछिल्लो मतपरिणामअनुसार वडा नम्बर १६ को वडाध्यक्षमा कांग्रेसका मुकुन्द रिजाल विजयी भएका छन् । रिजालले ४००५ मत ल्याए भने एमालेका लक्ष्मीरत्न तुलाधरले ३२३९ भोट ल्याएका छन् ।

वडाको सदस्यहरुमा भने सबै एमालेका उम्मेदवार विजयी भएका छन् ।