NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

फोर्ब्सको प्रभावशाली युवाको सूचीमा ५ नेपाली

काठमाडौं । अमेरिकी म्यागजिन फोर्ब्सले प्रत्येक महादेशबाट ३० वर्षमुनिको प्रभावशाली ३० जना युवाको सूची सार्वजनिक गरेको छ । यसमा एसियाका ३० प्रभावशाली युवाको सूचीमा ५ जना नेपाली परेका छन् ।

यो सूचीमा ऐश्वर्यरानी सिंह, सुजित पाठक, सुमित दाहाल, निरज काफ्ले र सन्तोष पाण्डे छन् । महिनावारी स्वच्छतामा क्रियाशिल संस्था पुतली नेपालकी संस्थापक बोर्ड अध्यक्ष रहेकी ऐश्वयए २८ वर्षकी हुन् ।

पाठक कञ्जुमर टेक्नोलोलीमा काम गर्छन्, सुमित दाहालले टेलिस्कोप निर्माण गरेका छन् । उनी नासा गोडार्ट स्पेस फ्लाइट सेन्टरका एक्सपेरिमेन्टल एस्ट्रोफिजिसिस्ट र पोस्टडक्टरल हुन् ।

अफरिङ ह्यापिनेसका संस्थापकहरु निरज काफ्ले र सन्तोष पाण्डेलाई पनि याे सूचीमा परेका छन् ।