NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

संसदमा एमालेको फेरि लफडा

काठमाडौं । उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडुको भाषा शैलीलाई लिएर प्रमुख प्रतिपक्षी एमालेले संसदमा लफडा गरेको छ । बिहीबार संसदमा प्रतिपक्षी दलका नेता केपी ओलीले सरकारमाथि आधारहीन झुटा आरोप लगाएको विषयमाथि आपत्ति जनाउँदै मन्त्री बडुले शुक्रबार संसदमा विशेष समय लिएर आपत्ति जनाएका थिए ।

तर मन्त्रीको भाषाशैलीप्रति नियमापत्ति जनाउँदै एमाले सांसद खगराज अधिकारीले विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख सचेतक विशाल भट्टराई आफ्नो भनाइ राख्न आग्रह गरेका थिए । भट्टराईले मन्त्रीको भाषा संसद रेकर्डबाट नहटाएसम्म संसद चल्न नदिने चेतावनी दिए ।
‘मन्त्रीको भाषाशैली अमर्यादित, असिष्ट छ,’ भट्टराईले नियमापत्ति जनाउँदै भने, ‘सबै रेकर्ड संसदबाट नहटाएसम्म हामी संसद चल्न दिँदैनौं ।’

त्यसपछि सभामुख सापकोटाले विपक्षी सांसदको माग सम्बोधन गरिदिन मन्त्री बडुलाई आग्रह गरेका थिए । सभामुखको आग्रहपछि विपक्षी दलका नेताले लगाएको आरोपमा कुनै सत्याता नभएको भन्दै उनले आफ्नो शब्द फिर्ता नलिन अडान लिएपछि सभामुखले संसद १५ मिनेट स्थगित गरेका छन् ।