NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

बालेनको पहिलो घोषणा : काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउँछु

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले विजयी भएपछि काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउने घोषणा गरेका छन् ।

उनी विजयी घोषणा भएपछिको पहिलोपटक विजय जुलुसलाई सम्बोधन गर्दै शाहले यो जीतलाई उर्जाको रुपमा लिएका बताएका छन् । यसलाई आफूले शत प्रतिशत दिने प्रतबद्धता उनले जाहेर गरेका छन् ।

आफू पदमा रहुञ्जेल काठमाडौंबाहेक अरु कुनै काममा समय नखर्चिने र आफ्ना सबै क्षमता, ज्ञान र सीप काठमाडौंलाई व्यवस्थित, स्वच्छ, सफा र विश्वकै उत्कृष्ट सहर बनाउन उपयोग गर्ने उनले बताएका छन् ।

उक्त पदमा नेकपा एमालेतर्फका उम्मेदवार केशव स्थापित र कांग्रेसकी उम्मेदवार सिर्जना सिंहसँग फराकिलो मतान्तरले उनी मेयर पदमा विजयी भएका हुन् ।

बालेनले ६१,७६७ मत प्राप्त गर्दा स्थापितले ३८,११७ र श्रेष्ठले ३८,३४१ मत प्राप्त गरे । त्यस्तै राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ५७७० मत प्राप्त गरे भने स्वतन्त्रतर्फकै अर्का उम्मेदवार सुमन सायामीले १३७७० मत प्राप्त गरेका छन् ।

काठमाडौंमा बालेनको परीक्षा : के छन् उनका एजेण्डा ?