NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

काठमाडौं महानगरको मेयर पदमा पराजित भएपछि के भने स्थापितले ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले निर्वाचनको परिणाम घोषणा भएपछि  लोकतान्त्रिक अभ्यासमा हार-जितलाई सामान्यरुपमा लिएको बताएका छन् ।

एक विज्ञप्ति जारी गर्दै उनले आफू पटक-पटक लडेर धुलो टक्टक्याउँदै उठेको व्यक्ति भएको पनि बताए ।

विज्ञप्तिमा लेखेका छन्, ‘जनताको सेवक भएर काम गर्ने मेरो आकांक्षा योपटकको निर्वाचन परिणामसँगै सफल हुन सकेन तर यहाँको विकास र समृद्धिप्रतिको आकांक्षा अलिकति पनि धरमराएको छैन ।’

उनले निर्वाचित मेयर बालेन शाह र उपमेयर सुनिता डंगाेललाई शुभकामना दिँदै उनीहरूले हरेक मतपत्रको सम्मान गर्नेछन् भन्ने अपेक्षा लिएको पनि बताएका छन् ।

साथै काठमाडौंको विकास र समृद्धिमा बालेनले चालेका सकारात्मक काममा रचनात्मक सहयोग रहने र कमजोरीमा निरन्तर खवरदारी गर्ने पनि उनको भनाइ छ ।

स्थापितले चुनावको क्रममा सहयोग गर्ने र आफूलाई मत दिने मतदातालाई धन्यवाद पनि दिएका छन् ।