NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

आँखाको डार्क सर्कल हटाउने घरेलु उपाय

काठमाडौं । शरीरको महत्वपूर्ण अंग आँखाको भूमिका अनुहारको सुन्दरतामा पनि उत्तिकै हुन्छ । त्यसैले आँखा स्वस्थ, सफा र सुन्दर हुन आवश्यक छ । तर चिन्ता, तनाव, अनिन्द्रा, शारीरिक परिश्रम आदिले आँखामा नकारात्मक प्रभाव पार्छ र सुन्दरता पनि घटाउँछ । आँखाको बाहिरी भागमा प्रायः डार्क सर्कल (कालो घेरा) बस्ने गर्छ । यसलाई हटाउने घरेलु उपाय यहाँ उल्लेख गरिएको छ ।

बदामयुक्त ‘अन्डर आई क्रिम’ आँखाको वरपरको कालो घेरा भएको ठाउँमा लगाएर औँलाले पाँच मिनेटसम्म मालिस गर्ने । यो क्रम दैनिक गरेमा कालो घेरा मेटिएर बिस्तारै सो ठाउँमा गोरोपना छाउँदै जान्छ ।

काँक्रोको रसमा गुलाब जललाई समान मात्रामा मिसाएर लगाउँदा कालो घेरा कम हुँदै जान्छ ।

बजारमा पाइने अन्डर आई क्रिममा समुन्द्री झार मिश्रण गरिएको हुन्छ । सोही कारण यस्ता क्रिममा भिटामिन ए, बी, सी, डी, इ पाइन्छ । यस्तो क्रिमलाई छालाले सजिलै सोस्छ । जसका कारण आँखाका वरपरको कालो घेरा मेटिनुका साथै, त्यहाँको छाला पनि कसिलो हुँदै जान्छ र चाउरीपना पनि घट्छ ।

बदामको तेलले मालिस गर्दा पनि कालाे दाग कम हुँदै जानुका साथै आँखामा आउने चाउरीपन कम हुन्छ ।

काँक्रो र आलुको रस बराबर मात्रामा मिसाएर आँखाको कालो घेरामा लगाएर १५ मिनेटपछि पखाल्नुहोस् । निरन्तर याे प्रक्रिया सातामा दैनिक दुईपटक गर्दा आँखा वरपरको कालो घेरा हटेर जान्छ ।