NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

दुई सातामा ३ अभिनेत्री मृत भेटिए

काठमाडौं । मोडल मञ्जुषा नियोगीको शङ्कास्पद अवस्थामा मृत्यु भएको छ । मञ्जुषाको शव पटोलीस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो । हाल प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ ।

पछिल्लो १५ दिनमा बंगाली फिल्म उद्योगका ३ अभिनेत्रीको मृत्यु भएको छ । मञ्जुषाकी साथी तथा अभिनेत्री बिदिशा दे मजुमदारले अघिल्लो दिन आत्महत्या गरेकी थिइन् । त्यसकाे भाेलिपल्ट मञ्जुषा पनि मृत भेटिइन् ।

मञ्जुषा र बिदिशापछि १५ मेमा पल्लवी डेको शव उनकै फ्ल्याटमा भेटियो । उदीयमान मोडल र अभिनेत्रीको आत्महत्याको खबरले बंगाली उद्योगमा सबैलाई स्तब्ध बनाएको छ ।

मञ्जुषा शुक्रबार बिहान कोठाबाट बाहिर नआएपछि उनका आमाबुवाले फोन गरे । फाेनबाट कुनै प्रतिक्रिया नआएपछि मञ्जुषाका अभिभावक चिन्तित भए र छोरीको सुत्ने कोठा खाेलेर हेर्दा उनकाे शव झुण्डिएको अवस्थामा देखे ।

बिदिशा डे

मञ्जुषा नियोगी पेशाले मोडल तथा अभिनेत्री थिइन् । मञ्जुषा हालै टिभी शो कान्छीमा नर्सको भूमिकामा देखिएकी थिइन् । यसका साथै उनले धेरै शोमा स-साना भूमिका पनि गरिसकेका छन् । यसै क्रममा मञ्जुषाकी आमाले साथी बिदिशाको मृत्युपछि उनी डिप्रेसनमा गएको प्रहरीलाई बताइन् ।

बुधबार साँझ मञ्जुषाकी साथी तथा मोडल बिदिशाको शव दमदमको नगरबजारस्थित उनको भाडाको अपार्टमेन्टमा झुण्डिएको अवस्थामा फेला परेको थियो । बिदिशाको उमेर २१ वर्ष थियो । नायिका डेढ महिनाअघि मात्रै यही फ्ल्याटमा सिफ्ट भएकी थिइन् । रिपोर्टका अनुसार प्रहरीले बिदिशाको अपार्टमेन्टबाट सुसाइड नोट पनि बरामद गरेको छ । बिदिशाको परिवार र उनका साथीहरुले उनीहरुको सम्बन्धमा केही समस्या रहेको भन्दै यो कदम चालेको बताएका छन् ।

पल्लवी डेको पनि यही महिनाको १२ गते शंकास्पद अवस्थामा मृत्यु भएको थियो । अभिनेत्रीको शव आफ्नै फ्ल्याटमा झुण्डिएको अवस्थामा फेला परेको थियो । तर, केही दिनपछि पल्लवीका लिभ इन पार्टनर साग्निक चक्रवर्ती पक्राउ परेका थिए । अभिनेत्रीका परिवारले उनका प्रेमीमाथि हत्याको आरोप लगाएका छन् । प्रहरीले यी तीनै घटनाबारे अनुसन्धान गरिरहेकाे छ ।