NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

यी हुन् काठमाडौंको मेयरमा उठेर १० मत पनि नकटाउने १६ जना

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले भारी मतान्तरले विजय प्राप्त गरे ।

उनले ६१७६७ मत प्राप्त गरे । निकटम प्रतिद्धन्द्धी सिर्जना सिंहभन्दा बालेन २३४२६ मतले अघि रहे ।

स्वतन्त्र उम्मेदवार बालेनले भारी मत ल्याइरहँदा १६ जना स्वतन्त्र उम्मेदवारले भने १० मतसमेत कटाएनन् ।

काठमाडौं महानगरको मेयरमा उठेका ५५ उम्मेदवारमध्ये एक जनाले त एक मत पनि ल्याएनन् ।

भालु चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार रोशन शाहीले एक मतसमेत नपाएका हुन् ।

यस्तै, भुइँकटहर चिन्ह लिएर उठेका राजन कार्कीले एक मतमात्र प्राप्त गरे ।

यसैगरी, दुई मतमात्र ल्याउने उम्मेदवार तीनजना छन् । प्रेसर कुकर चिन्ह लिएर उठेका प्रणेशबहादुर महर्जन, भ्यागुतो चिन्हका मनीष श्रेष्ठ र जोडी गम्बुट चिन्हका रजितमान शाक्यले दुई मतमात्र पाएका छन् ।

त्यस्तै, चारजना उम्मेदवारले तीन मत पाएका छन् । सेफ्टी पिन चिन्ह लिएर चुनाव लडेका किरण रञ्जित, बिरालोका जेठा महर्जन, कंगारूका विपीनराज वैद्य र कप प्लेटका स्विट थापाले तीन मतमात्र ल्याएका हुन् ।

त्यसैगरी, चार मत पाउने दुईजना छन् । ब्याडमिन्टन कक चिन्ह भएका उमेशकुमार सिंह र फ्रक लिएका शैलेशमान श्रेष्ठले चार मत पाएका छन् ।

यस्तै, चुलेसी चिन्हका इन्द्रमणि काफ्लेले ६ तथा लाल्टिनका ज्ञानु लामाले सात मत पाएका छन् ।

यसैगरी, बँदेल चुनाव चिन्ह पाएका सुनिल श्रेष्ठले आठ मत प्राप्त गरेका छन् ।

त्यस्तै, गुलाबको फूल चिन्ह लिएर उठेकी कान्ति तुलाधर बज्राचार्य र कागबाट चुनाव लडेका सुरेन्द्र बज्राचार्यले १० मत पाएका छन् ।

यी काठमाडौंको मेयर उम्मेदवार जसले एक भोट पनि ल्याएनन् – NepalWatch