NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

पोखराका मेयर आचार्यसँग आयोगले माग्यो स्पष्टीकरण

पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यसँग निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोगमाथि प्रश्न उठाउँदै उनले दिएको अभिव्यक्तिका कारण स्पष्टीकरण सोधेको हो ।

उनले आयोगले नियतवश नै ठूलो संख्यामा मत बदर गराएको र प्रमुख आयुक्त संवैधानिक निकायको मर्यादामा नबसेकै कारण आधाभन्दा बढी मत बदर भएको भन्ने अभिव्यक्ति दिएका थिए ।

निर्वाचन आयोग र यसका प्रमुख पदाधिकारीविरुद्ध सार्वजनिक अभिव्यक्ति दिई स्थानीय तह निर्वाचनको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठाउनुकाे कारण खुलाएर पत्र प्राप्त भएको २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिइएकाे छ ।

उनलाई आयोग र आयोगका प्रमुख पदाधिकारीको सन्दर्भमा के कति कारणले अभिव्यक्त गरेको हो ? मतपत्रका कुन चिन्ह कसरी राखिन्छ र निर्वाचन आयोगबाट मतपत्र कसरी डिजाइन हुन्छ भन्ने जानकारी छ कि छैन भन्दै आयोगले स्पष्टीकरण सोधेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष