NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

जेलेन्स्कीसँग सिधा वर्ता गर्न पुटिनलाई आग्रह

काठमाडौं । युद्ध अन्त्यका लागि प्रयासस्वरूप युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सिधा गम्भीर वार्ता गर्न फ्रान्स र जर्मनीका नेताहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आग्रह गरेका छन् ।

फ्रान्सका चान्सलर एमानुएल माक्रोँ र जर्मनीका चान्सलर ओलाफ सोल्जले फोनमार्फत् पुटिनसँग ८० मिनेट लामो कुराकानी गर्दै गम्भीर वार्ताका लागि आग्रह गरेका हुन् ।

ती दुवै नेताले रुसी सेना फिर्ता गरेर युद्धविराम गर्न पुटिनलाई आग्रह गरेको जर्मन चान्सलरको कार्यालयलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ ।

रुसले किएभसँग वार्ताका लागि खुला रहेको बताएको छ । तर जेलेन्स्की र पुटिनबीचको सिधा वार्ताबारे भने केही उल्लेख गरिएको छैन ।

गत फेब्रुवरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता यी दुई देशबीच विभिन्न चरणमा संवाद भएका छन् । यद्यपि, यी संवादहरू फलदायी हुन सकेका छैनन् ।

ओडेसा बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाएर खाद्य आपूर्ति सञ्चालनमा ल्याउन पनि फ्रान्स र जर्मनीले रुससँग आग्रह गरेका छन् ।

जवाफमा पुटिनले विश्वमा देखिएको खाद्य संकट सम्बोधनका लागि विकल्पबारे विचार गर्न तयार रहेको बताएका छन् । तर उनले यसमा पश्चिमा देशहरूले लगाएको प्रतिबन्ध हटाउनुपर्ने सर्त राखेका छन् ।

फ्रान्स र जर्मनीले युक्रेनमा अस्त्र आपूर्ति गर्दा त्यसले थप अस्थिरता बढाउने चेतावनी पनि रुसले दिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष