NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

एमाले प्रवेश गरेको एक महिना नपुग्दै अनेरास्ववियुका उपमहासचिव चापागाईं एकीकृत समाजवादी फर्किए

काठमाडौं । स्थानीय तहको निर्वाचनको मुखमा एमाले प्रवेश गरी चुनावी अभियानमा सक्रिय रहेका अनेरास्ववियुका उपमहासचिव मेघानाथ चापागाईं पुन : एकीकृत समजवादीमा फर्किएका छन् ।

आइतबार बिहान नेकपा (एस) का अध्यक्ष माधव कुमार नेपालसँग भेटी आफू पार्टी काममै फर्किएको जानकारी दिएका थिए । नेपालसँग भेटको क्रममा उनले अफू बाध्यताबस गलत निर्णयमा पुगेपनि अब गल्ति नहुने प्रतिवद्धता जनाएका छन् ।

‘परिस्थितिजन्य कारणले विवशतावस केही समय बाटो अलमल र केही फरक जस्तो देखिएपनि म आफ्नो मूल राजनीतिक मान्यता र संगठनप्रति प्रतिबद्ध रहेको कुरा सबैमा जानकारी गराउँछु’, सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् । चापागार्ई निर्वाचन अघि वैशाख १८ गते एमालेमा लागेका थिए ।