NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

अन्तिमपटक घोडेपानीमा रिपोर्ट भएको थियो ताराको जहाज, रेस्क्यूका लागि हेलिकाेप्टर पठाइयाे

काठमाडौं । विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरलाइन्सको जहाज अन्तिम पटक घोडेपानीमा रिपोर्ट भएको जनाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार ताराको ९ एनएईटी कलसाइनको जहाज अन्तिम पटक घोडेपानीमा रिपोर्ट भएको थियो ।

सिटौलाका अनुसार हाल प्राधिकरणले रेस्क्यूका लागि घोडेपानीमा फिसटेल एयरको हेलिकोप्टर  पठाएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले हराएको विमानबारे अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको नेपालवाचलाई बताए ।

‘हराएको विमानबारे अहिलेसम्म केही पत्तो लागेको छैन । हामी सोधीखोजी गरिरहेका छौं,’ उनले भने ।

१९ यात्रु सवार जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका हुन् । जसमा चार भारतीय,  दुई अन्य देशका विदेशी र १३ नेपाली सवार छन् ।

पोखराबाट जोमसोम उडेको ताराको जहाज सम्पर्कविहीन

ताजा अपडेट

नेपालवाच विशेष