NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते
च्याम्पियन्स लिग

६७ वर्षे इतिहासमा रियलले जित्यो १४ पटक, कसले कति ?

काठमाडौं । रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिग फुटबलको उपाधि पुनः जितेको छ ।

स्पेनिस क्लब रियलले इंग्लिस क्लब लिभरपुललाई १–० गोल अन्तरले हराउँदै च्याम्पियन्स लिग सन् २०२१-२२ को उपाधि जितेको हो ।

च्याम्पियन्स लिग सन् १९५५–५६ देखि सुरु भएको हो । युरोपसँगै संसारकै प्रतिष्ठित क्लब फुटबल प्रतियोगिताको ६७ वर्षे इतिहासमा रियलले १४ औँ पटक उपाधि जित्न सफल भएको छ । यो प्रतियोगिता हरेक वर्ष हुने गर्छ ।

कीर्तिमानी विजेता रियलले पछिल्लो समय सन् २०१८ मा पनि लिभरपुललाई नै हराउँदै च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

यस्तै, सर्वाधिक जित्नेमा दोस्रो स्थानमा रहेको इटालियन क्लब एसी मिलानले सातपटक उपाधि जितेको छ ।

योपटक उपविजेतामा चित्त बुझाएको लिभरपुल र जर्मन क्लब बायर्न म्युनखले ६–६ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

यसैगरी, स्पेनिस क्लब बार्सिलोनाले पाँच, डच क्लब आयाक्सले चार तथा इटालियन क्लब इन्टर मिलान र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले समान तीनपटक उपाधिमाथि कब्जा जमाएका छन् ।

दुई पोर्चुगिज क्लब बेन्फिका र पोर्टो, दुई इंग्लिस क्लब चेल्सी र नाटिन्घम फरेस्ट तथा इटालियन क्लब युभेन्टसले समान दुईपटक उपाधि उचालेका छन् ।

दुई जर्मन क्लब बोरुसिया डर्टमुण्ड र हामबर्गर एसभी, दुई डच क्लब फेइनुर्ड, पिएसभी इन्डोभेन, स्कटिस क्लब सेल्टिक, रोमानियन क्लब स्टेउवा बुकारेस्टी, फ्रेन्च क्लब मार्सेई, इंग्लिस क्लब एस्टन भिल्ला र सर्बियन क्लब रेड स्टार बेलग्रेडले समान एक पटक उपाधि जितेका छन् ।

हेरौं तालिका :

लिभरपुललाई पाखा लगाउँदै रियलले जित्यो च्याम्पियन्स लिगकाे उपाधि – NepalWatch