NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान बिहान ९ः५५ बजेदेखि सम्पर्कविहीन छ । खोज्न गएको हेलिकोप्टरसमेत खराब मौसमका कारण फर्किएको छ ।

यस्तोमा जहाज कहाँ र कस्तो अवस्थामा छ कसैलाई थाहा छैन । तीन चालक दलका सदस्यसहित २२ जना यात्रुको अवस्थाबारे पनि अहिले केही पत्ता लागेको छैन । यस्तोमा अधिकांश मानिस अहिले उनीहरू सकुशल भेटिउन् भन्ने कामना गरिरहेका छन् ।

तर, अर्कोतिर जिम्मेवार पदमा बसेका केही व्यक्तिले भने फेक न्युजको सहारा लिएर हराएकालाई श्रद्धाञ्जलि दिन भ्याइसकेका छन् ।

यस्तो गर्नेमा मुख्यमन्त्रीदेखि, प्रदेशमन्त्री, मेयर र ठूलै नेताकी छोरीसम्म छन् ।

No description available.

अहिले तारा एयरको दुर्घटनाग्रस्त विमान भन्दै भारतको एउटा तस्बिर फेसबुकमा यत्रतत्र छाइरहेको छ । यसैलाई सत्य मानेर कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले पाइलटको तस्बिर रहेको टिकटक फेसबुकमा शेयर गर्दै श्रद्धाञ्जलि दिएका छन् ।

यस्तै, बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्न ढकालले अत्यन्तै दुःखद खबर भन्दै तारा एयरको जिहाज दुर्घटना हुँदा १९ यात्रु र ३ जना चालकदलका सदस्यको निधन भएको बताएका छन् ।

त्यस्तै, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि आफ्नो फेसबुक पेजमा हवाइजहाज दुर्घटनामा परी ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जलि लेखेका छन् ।

‘थोत्रा हवाइजहाज बिसर्जन गर्न गराउन नेपाल सरकारलाई अनुरोध गर्दछु,’ उनले सरकारलाई खबरदारी गर्नसमेत भ्याएका छन् ।

यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री गंगा दाहालले समेत हतारमा श्रद्धाञ्जलि दिएकी छिन् । गंगा प्रचण्डको सचिवालयकी सदस्यसमेत रहेकी उनले पनि फेसबुकमा तारा एयरको जहाज पहाडमा ठोक्किएर दुर्घटना हुँदा सवार सबैको मृत्यु भएको भन्दै श्रद्धाञ्जलि दिएकी हुन् ।

यीमध्ये कतिपयले भने पोष्ट हटाएका छन् ।

मौसम नखुलेपछि हराएको जहाज खोज्न पुगेको हेलिकोप्टर जोमसोम फर्कियो – NepalWatch