NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

कृषिलाई ५५ अर्ब ९७ करोड बजेट, यस्ता छन् ९ प्राथमिकता

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/ ०८० का लागि कृषि तथा पशुपन्छी क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ ।

अघिल्लो बर्षको तुलनामा सरकारले कृषि क्षेत्रको बजेटमा ठूलो मात्रामा वृद्धि गरेको हो ।

नयाँ आर्थिक वर्षका लागि अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो बर्षको तुलनामा १० अर्ब बढि बजेट विनियोजन गरेका हुन् ।

उनले कृषि क्षेत्रका ४७ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

सरकारको कृषि बजेटको मुख्य ९ प्राथमिकता यस्ता छन्

– धान, मकै, गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाउने

– किसानसँग सरकार कार्यक्रम अन्तर्गत ‘किसान हित कोष’ स्थापना गरिने ।

– प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम पुर्नसंरचना गरि ५ अर्ब ९० करोड विनियोजन ।

– हरेक स्थानीय तहमा एक कृषि स्नातक प्राविधिक खटाउने ।

– कृषि उत्पादन वृद्धि गर्न प्रधानमन्त्री र विभागिय मन्त्रीको संयोजकत्वमा संयन्त्र बनाउने ।

–कृषि एम्बुलेन्सको व्यवस्था गर्ने ।

–कृषि उत्पादन बजार व्यवस्थापन गरिने, खाद्य व्यापार कम्पनी खडा गरेर कृषिवस्तुको खरिद गर्ने ।

– कृषि बीमामा प्रिमियम ८० प्रतिशत पुर्‍याइने ।

–कृषि तथा पशु विमामा अनुदान बृद्धि गर्ने ।