NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

बढेपछि कुन कर्मचारीको तलब कति पुग्यो ?

काठमाडौं । सरकारले निजामती कर्मचारीको तलव १५ प्रतिशतले वृद्धि गरेको छ ।

यसअघि १८ प्रतिशतले वृद्धि भएको कर्मचारीको तलव अहिले १५ प्रतिशतले बढेको हो ।

योसँगै अब मुख्य सचिवको तलव ७४,९०६ रुपैयाँ पुगेको छ । सचिवको ६९,७७७, सहसचविको ५४,४८३, उपसचिवको ४६,४३७, शाखा अधिकृतको ४१,३८८, नायक सुब्बा (अतिरिक्त मान)को ३५,४३८, नायब सुब्बाको ३२,४३०, खरिदार (अतिरिक्त मान) को ३१,६९८ र खरिदारको ३०,५९४ रुपैयाँ पुगेको हो ।

तलब वृद्धिसँगै सरकारले कर्मचारीको तलबमान अध्ययनका लागि उच्चस्तरीय समिति पनि गठन गर्ने निर्णय गरेको छ । वृद्धि भएको तलब आगामी साउन १ गतेदेखि लागू हुने जनाइएको छ ।

कर्मचारीको तलव बढ्यो – NepalWatch