NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

त्रियुगा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बसन्त बस्नेत र उपमेयरमा महेश्वरी राई विजयी भएका छन् । कांग्रेसका मेयर पदका उमेदवार बस्नेतले प्रतिष्पर्धी एमालेका उमेदवार भागवत राउतलाई २ हजार ८६ मतले पछि पार्दै जितेका हुन् ।

बस्नेतले १३ हजार ९५९ र राउतले ११ हजार ८७३ मत प्राप्त गरे । त्यसैगरी, उपमेयरमा एमालेका महेश्वरी राईले निकटतम् प्रतिष्पर्धी कांग्रेसका उम्मेदवार सरिता राईलाई १ हजार ७२२ मतले पछि पारिन् ।

महेश्वरीले १३ हजार ७०३ र सरिताले ११ हजार ९८१ मत प्राप्त गरे । गठबन्धन माओवादी केन्द्रका उमेदवार गिता खड्काले ६ हजार ५६८ मत प्राप्त गरिन् ।