NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

युक्रेनमा मारिए फ्रान्सेली पत्रकार

काठमाडौं । युक्रेनमा एक फ्रान्सेली पत्रकार मारिएका छन् । अर्का एक जना घाइते छन् ।

३२ वर्षीय फ्रेडरिक लेक्लर इम्होफ युद्धग्रस्त क्षेत्र सेभेरोदोतेत्स्कमा मारिएका हुन् ।

बिएफएमटिभीका लागि निष्कासन कार्यबारे प्रसारण गरिरहेका बेला उनी मारिएको बिबिसीले जनाएको छ ।

इम्होफ बख्तरबन्द गाडीमा यात्रा गरिरहेका थिए । त्यही बेला उनीमाथि आक्रमण भएको थियो  ।

६ वर्षदेखि बिएफएमटिभीमा कार्यरत इम्होफ युक्रेन युद्धको वास्तविकता देखाउन दोस्रोपटक त्यहाँ पुगेका थिए ।

घटनामा उनका सहकर्मी म्याक्सिम ब्राण्डस्टेटर घाइते छन् । फ्रान्सेली पत्रकारसँगै एक युक्रेनी पत्रकार पनि थिए । उनी भने सकुशल छन् ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले घटनाप्रति दुःख व्यक्त गर्दै युक्रेनलाई बिना सर्त आफ्नो मुलुकले सहयोग गरिरहने प्रतिबद्धता दोहोर्याएका छन् ।

युक्रेन युद्धबारे रिपोर्टिङ गर्न पुगेका पत्रकारले त्यहाँ ज्यान गुमाइरहेका छन् । गत मार्चमा अमेरिकाका पत्रकार ब्रेन्ट रिनाउड मारिएका थिए ।उनी युक्रेन युद्धमा ज्यान गुमाउने पहिलो पत्रकार हुन् ।