NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

रुसबाट आयात हुने ९० प्रतिशत तेल कटौती गर्न युरोप तयार

काठमाडौं । युरोपेली संघका नेताहरूले यस वर्षको अन्त्यसम्म रुसबाट आउने तेलको करिब ९० प्रतिशत कटौती गर्न सैद्धान्तिक सहमति जनाएका छन् ।

बेल्जियमको राजधानी ब्रसेल्समा युक्रेनलाई सहायता उपलब्ध गराउन बोलाइएको दुईदिने बैठकको पहिलो दिन सोमबार सो निर्णय गरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । यस बैठकमा युरोपेली नेताहरूले हंगेरीसँग चलिरहेको गतिरोधलाई अन्त्य गरेका छन् ।

तीन महिनाअघि रुसले युक्रेनमा गरेको आक्रमणपछि युरोपमा लगाइएका प्रतिबन्धहरू सबैभन्दा कडा मानिन्छ ।

यो सम्झौतापछि युरोपेली संघले रुसमाथि लगाएको प्रतिबन्धको बाँकी छैटौं प्याकेज पनि लागू हुने कूटनीतिज्ञहरू बताउँछन् । जसमा रुसको सबैभन्दा ठूलो बैंक स्बर बैंकलाई स्विफ्ट मेसेजिङ सिस्टमबाट हटाउने निर्णय पनि गरिएको छ ।

युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलले ट्वीट गरे, ‘रुसी तेल निर्यातमा प्रतिबन्ध लगाउने इयूको सम्झौता । यस सम्झौताअनुसार तुरुन्तै दुई तिहाइभन्दा बढी तेल आयात कटौती गरिनेछ । यसले रुसलाई युद्ध अन्त्य गर्न दबाब दिनेछ’ उनले लेखे ।