NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते
बजेट सम्बन्धमा नाडाको धारणा

सवारी साधन खरिद गर्नेलाई मात्रै पिएएन कार्ड अनिवार्यता अन्यायपूर्ण : नाडा

काठमाडाैं । सरकारले संसदमा प्रस्तुत गरिएको आगमी आर्थिक वर्षको बजेट सम्बन्धमा नाडा अटोमोबाइल्स एशोशिएसन अफ नेपालले आफ्नो धारणा राखेको छ ।बजेटले सवारी साधन खरिद गर्न चाहनेले मात्र अनिवार्य रुपमा पिएएन कार्ड लिएको हुनुपर्ने व्यवस्था न्यायोचित नभएको नाडाको धारणा छ ।

त्यस्तै यस बजेटले १०० किलोवाट क्षमता भन्दा बढीका विद्युतिय सवारी साधन तथा २०० सिसि भन्दामाथिका कम्बसन इन्जिन भएका मोटरसाइकलमा गरिएको अन्तःशुल्क तथा भन्सार महशुल वृद्धिले उच्च किलोवाट क्षमता भएका विद्युतिय तथा कम्बसन इन्जिन भएका सवारी साधन व्यवसायीहरुलाई आफनो व्यवसाय सञ्चालन गर्न कठीन हुने नाडाले धारणा राखेको छ । नाडाले व्यवसाय सञ्चालनमा कठिन मात्रै नभई बन्द नै गर्नुपर्ने अवस्था आउने देखिएकोले यसमा लाग्ने महशुलमा केही सुधारको आवश्यकता देखिएको औल्याएको छ ।

अर्कोतर्फ सरकारले आयात प्रतिस्थापन गर्ने मुख्य साधनको रुपमा उद्योग स्थापना र उत्पादनलाई उच्च प्राथमिकता दिने उद्धेश्य अनुरुप सवारी साधन एसेम्बल उद्योगलगायत इलेक्ट्रीक रिक्सा, मोटरसाइकल र स्कूटर उत्पादनमा लाग्ने पार्टपुर्जा वा कच्चा पदार्थहरुमा १ प्रतिशत मात्र भन्सार महशुल लाग्ने नीति ज्यादै सराहनिय रहेको नाडाले जनाइएको छ ।

त्यसैगरी सरकारले १०० किलोवाट क्षमताका विद्युतिय सवारी साधन, १५०० सिसिसम्मका कम्बसन इन्जिन भएका सवारी साधनलगायत २०० सिसिसम्मका कम्बसन इन्जिन भएका मोटरसाइकलहरुलाई आवश्यकताको सवारी साधनको रुपमा लिएकोमा पनि नाडाले स्वागत गरेको छ । त्यस्तै नेपालमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माणका लागि गरिएको बजेट व्यवस्थाले नेपालमा चाँडै नै प्रदर्शनीहल निर्माण हुने अपेक्षा नाडाले राखेको छ ।

आइतबार सरकारले आर्थिक वर्ष २०७९र८० को लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँको बजेट ल्याइएको थियो ।