NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

युक्रेनलाई ड्रोन किन्न ‘युरोभिजन ट्रफी’ बिक्री

काठमाडौं । यस वर्षको युरोभिजन गीत प्रतियोगिता जित्ने युक्रेनी ब्यान्ड कलुश अर्केस्ट्राले युक्रेनको युद्धका लागि पैसा जुटाउन आफ्नो ट्रफी ९ लाख अमेरिकी डलरमा बिक्री गरेका छन् । युक्रेनको सेनाका लागि ड्रोन खरिद गर्ने उद्देश्यले क्रिस्टल माइक्रोफोन फेसबुकमार्फत् लिलामी गरिएको हो ।

यसबाहेक बर्लिनको ब्रान्डनबर्ग गेटमा पनि युक्रेनकाे सहयाेगका लागि एक ब्यान्डले परोपकारी कन्सर्ट भएको छ ।

यसले युक्रेनका लागि चिकित्सा हेरचाह र आपूर्तिहरूको लागि पैसा उठाउने लक्ष्य राखेको छ । कन्सर्टमा बोल्दै ब्यान्ड सदस्य ओलेह साइकले मानिसहरूलाई युद्धको पक्षमा नलाग्न अपील गरे ।

युद्धमा अहिलेसम्म कम्तिमा ४ हजार ३१ नागरिकको मृत्यु भएको छ र ४ हजार ७ सय ३५ जना घाइते भएका छन् । रुसले २४ फेब्रुअरीमा आक्रमण गरेपछि युक्रेनका सहरहरू भग्नावशेषमा परिणत भएदेखि यसले १ करोड ४० लाखभन्दा बढी मानिसहरु विस्थापित भएका छन् ।

युक्रेनी टिभी प्रस्तोता सेर्ही प्रितुलाले ट्रफीको बिक्रीबाट उठेको पैसा युक्रेनमा निर्मित तीनवटा पिडि-२ ड्रोन किन्न प्रयोग गरिने घोषणा गरेको रोयटर्स समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।

युक्रेन र रुसी सेनाहरुले युद्धमा ड्रोनलाई हतियारको रुपमा प्रयोग गर्छन् ।