NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सुनखानीका मजदुरबीच झडप हुँदा सयभन्दा बढीको मृत्यु

काठमाडौं । अफ्रिकी देश चाडको एक सुन खानीमा कार्यरत कामदारबीच झडप हुँदा कम्तीमा एक सय जनाको ज्यान गएको छ भने ४० जना घाइते भएका छन् ।

लिबियाको सिमानानजिक रहेको कोरी बोगौदीको सुनखानीमा कार्यरत कामदारको दुई समूहबीच विवाद बढेर झडपको रूप लिएको थियो । झडपमा मौरिटानियन र लिबियालीहरू संलग्न रहेका छन् । झडपको कारणबारे अनुसन्धान भइरहेको चाडका रक्षामन्त्री जनरल दाउद याया ब्राहिमले बताएका छन् ।

चाडको रक्षा मन्त्रालयले अर्को सूचना जारी नभएसम्मका लागि कोरीमा रहेका सबै सुन खानीमा उत्खनन रोकेको छ । त्यस क्षेत्रमा रहेका अधिकांश सुनखानी अवैध हुन् ।