NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

भारतीय गायक केकेको निधन

काठमाडौं । कन्सर्टमा गीत गाउँदा गाउँदै अस्वस्थ भएर अस्पताल लगिएका भारतीय गायक केके (कृष्णकुमार कुन्नथ) को निधन भएको छ ।

मंगलबर साँझ कलकत्तामा सांगीतिक प्रस्तुति दिइरहेका केके अस्वस्थ भएपछि उनलाई कलकत्ताकै मेडिकल रिचर्स इन्स्टिच्युट अस्पताल पुर्याइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरे ।

उनलाई हृदयघात भएको बताइएको छ । तर अस्पतालले यसबारे केही खुलाएको छैन ।

उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

५३ वर्षीय केकेले हिन्दी भाषाका २ सयभन्दा धेरै गीतमा स्वर दिएका छन् ।