NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

बनाउँदै गरेको सडकमा पहिरो जाँदा दुई मजदुर पुरिए

काठमाडौं । संखुवासभाको चैनपुर नगरपालिका-१ मा सडक निर्माणका क्रममा पहिरो जाँदा दुई जना मजदुर पुरिएका छन् । नुनढाकी सडकखण्ड निर्माणका क्रममा पहिरो खस्दा राजुकुमार राई र हेमराज मगर पहिरोमा पुरिएका हुन् ।

प्रहरीका अनुसार सडकमा पर्खाल लगाउने क्रममा सुख्खा पहिरो खसेको थियो । स्काभेटर प्रयोग गरी उनीहरुलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।