NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

महिनावारीको समयमा किन आउँछ अनुहारमा डण्डीफोर ?

काठमाडौं । महिनावारी सुरु हुनुभन्दा केही समयअघि अनुहारमा पिम्पल्स आउन थाल्छ । यो समस्यालाई ‘पिरियड्स एक्ने’ भनिन्छ । पिरियड्स एक्ने एक हर्मोनल समस्या हो । हर्मोनको असन्तुलनका कारण पिरियड एक्ने हुने गर्छ ।

यस अवधिमा शरीरमा एस्ट्रोजन हर्मोनको उत्पादन घट्छ र टेस्टोस्टेरोन बढ्छ । जसका कारण छालाको छिद्रमा रहेको सेबम ग्रन्थीले अत्यधिक मात्रामा सेबम उत्पादन गर्न थाल्छ, जसका कारण महिनावारीको समयमा डण्डीफोर, दागहरु आउन थाल्छ ।

पिरियडमा बारम्बार छोएमा डण्डीफोर निस्कन्छ र त्यसबाट पिप निस्किएर ब्याक्टेरिया बढ्छ जसका कारण छाला चिलाउने, सुन्निने र रातो दाग हुने र दुख्ने गर्छ । पिरियड एक्ने दुई प्रकारका हुन्छन्, एक्युट र क्रोनिक ।

महिनावारीमा आउने डण्डीफोरबाट राहत पाउनका लागि अनुहारमा आइस क्युबले सेक्न सकिन्छ । यसले छालाको सुन्निने र रातो दागहरू कम गर्छ । आइस क्युबलाई कपडामा बेरेर सेक्न सकिन्छ । एन्टिबायोटिक जेल पनि अनुहारमा लगाउन सकिन्छ ।

पिम्पललाई बारम्बार छुने, चलाउने गर्नुहुँदैन । यसबाट छुटकारा पाउन दिनमा ४ देखि ५ पटक अनुहार धुने गर्नुपर्छ । यदि समस्या ठीक भएन भने, डाक्टरलाई देखाउनुपर्छ । मसला कम खाने र कम्तीमा ८ गिलास पानी पिउनुपर्छ ।

सलाद धेरै खाने र कार्बोहाइड्रेट कम खानुपर्छ । यो समयमा हाइड्रेटेड रहन धेरै महत्त्वपूर्ण हुन्छ । पिरियड एक्ने सुरु भएसँगै अनुहारमा थोरै मात्रामा क्लिन्डामाइसिन वा जेलमा आधारित क्रिम लगाउनुपर्छ ।

ताजा अपडेट

नेपालवाच विशेष