NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

षड्यन्त्रकारीको प्रलोभनमा पर्दिन, गठबन्धन कायमै रहन्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आगामी संघीय निर्वाचनसम्म गठबन्धन कायमै रहने बताएका छन् ।

स्थानीय तह निर्वाचनको परिणामबाट गठबन्धन कायमै रहनेमा विभिन्न आशंका व्यक्त भइरहेको अवस्थामा नेपालले गठबन्धन नटुट्ने दाबी गरेका हुन् । कार्यकर्ता तथा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि बिहीबार सुर्खेत पुगेका नेपालले गठबन्धन भत्काउनका लागि आफू कुनै प्रलोभनमा नफस्ने बताए ।

‘अहंकारी र षड्यन्त्रकारीहरूले विभिन्न भ्रम फैलाएका छन् । त्यस्ता भ्रमको पछि नलाग्नोस्’, नेपालले भने, ‘म कुनै लोभ र प्रलोभनमा पर्दिन । आगामी निर्वाचनसम्म गठबन्धन कायमै रहन्छ ।’

३०, वैशाखमा भएको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले धोका दिएको भन्दै उनले सार्वजनिक रूपमै असन्तुष्टि जनाएका थिए । चु्नावी परिणामले माओवादी र कांग्रेसलाई मात्र फाइदा पुगेको एकीकृत समाजवादीले निष्कर्ष निकालेको छ ।