NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

वडाध्यक्ष बने कार्यालय सहयोगी

काठमाडाैं । बाँकेको नरेनापुर गाउँपालिकामा फरक भूमिका रहेका ३५ वर्षीय अजयकुमार मिश्राको परिचय अहिले फेरिएको छ । कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका उनी अहिले जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट उक्त गाउँपालिका–३ को वडाध्यक्ष निर्वाचित भएका हुन् ।

मिश्राले गाउँपालिकामा नेकपा एमालेका ताजमोहम्द खाँ र नेपाली कांग्रेसका राजकुमार मौर्यलाई हराएर ६५४ मत ल्याएका थिए । उक्त गाउँपालिकामा कार्यालय सहयोगीको रुपमा कार्यरत मिश्रा यस पटकको स्थानीय चुनावमा जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि गाउँ टोलका समस्या समाधान गर्न व्यस्त छन् । ‘मैले दमकलमा काम गर्दा जनताको समस्या भित्रबाट बुझने अवसर पाए, त्यपछि मलाई जनप्रतिनिधिको रुपमा काम गर्ने चाहना पलायो’ उनले भने । कोरोनाकालमा जनतालाई आपत पर्दा होस् वा बाढीपीडित हुँदा गरेको कामबाट प्रभावित भएर जनताले आफूलाई वडाध्यक्षमा निर्वाचित गरेको मिश्राले उल्लेख गरे ।

‘गरिब भए पनि कसैलाई केही प-यो भने मबाट हुने सबै काम हुन्छ’ उनले भने । आफू कार्यालय सहयोगी हुँदा र अहिले जनप्रतिनिधि हुँदा कुनै अन्तर नभएको उल्लेख गर्दै जसरी पनि जनताको सेवा गर्ने कुरा हो मिश्राले भने । दश जोड दुईसम्मको अध्ययन गरेका उनका दुई छोराछोरी र श्रीमतीका साथै परिवारमा बाआमा, दाइ, भाउजुसमेत छन् ।

‘हामीले अझै कार्यपालिकाको चुनाव सकेका छैनौँ त्यसैले त्यो काम सकेपछि बैठक बसी योजना निर्माण गरेर काम गर्छौ” वडाध्यक्ष मिश्राले भने । नरेनापुरमा शुक्रबार मात्रै कार्यपालिकाको निर्वाचन हुदैछ । उक्त गाउँपालिकाका अध्यक्ष इश्तिहाक अहमद साहले उनी समझार व्यक्ति भएको उल्लेख गर्दै जनताले रुचाएको जनप्रतिनिधि भएको टीप्पणी गरे । ‘मैले उनलाई सर्पोट पनि गरे र जनताको भरोसा र विश्वासले मिश्रा वडाध्यक्षमा निर्वाचित भए,’ उनले भने । अहिले विगतको तुलनामा नरेनापुरको शिक्षा, स्वास्थ्य, बाटाघाटा सहज भएको उल्लेख गर्दै अध्यक्ष साहले दुःखको जिन्दगी बिताएका नरेनापुरवासीका सुखका दिन आएका छन् भने ।

पहिले विद्युतको पहुँच पनि थिए तर अहिले अधिकांश स्थानमा त्यसको पनि व्यवस्था गरिएको छ अध्यक्ष साहले भने । नेपालगञ्जबाट पूर्व–दक्षिण दिशामापर्ने नरेनापुर पुग्न करिब दुई घण्टा लाग्छ । साविकका छ गाविस मिलेर बनेको नरेनापुर गाउँपालिकामा ३४ हजार ९४२ जनसंख्या छ । इस्लाम र हिन्दू धर्मवलम्बीको बाहुल्यता रहेको सो पालिकामा कृषि नै जीविकोपार्जनको मुख्य आधार हो । यसलाई दुर्गम गाउँपालिकाकाको रुपमा समेत चित्रण गरिएको छ ।