NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

युक्रेनको २० प्रतिशत भूभाग रुसको कब्जामा, जेलेन्स्की भन्छन्– हामी लडिरहन्छौं

काठमाडौं । रुसले आफ्नो देशको २० प्रतिशत भूभाग कब्जा गरिसकेको युक्रेनले दाबी गरेको छ ।

रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । त्यसयता रुसले युक्रेनको २० प्रतिशत भूभागमा कब्जा जमाउन सफल भएको हो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको २० प्रतिशत भूभागमा रुसको नियन्त्रणमा पुगेको जनाएका छन् । उनका अनुसार, विद्रोहीले कब्जा जमाएको स्थानलाई रुसले नियन्त्रणमा लिएको हो । युक्रेनको पूर्वी सीमा क्षेत्र केही क्षेत्रमा पृथकतावानीका नियन्त्रण छ ।

रुसी राष्ट्रपति जेलेन्स्कीले आफ्नो भूमि रक्षाका लागि संघर्ष जारी राख्ने जनाएका छन् । उनले हतास भएर पछाडि नफर्कन पनि सबैलाई आग्रह गरेका छन् ।