NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

सिसडोलमा केमिकल हालेर दुर्गन्ध हटाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोल शुक्रबार नुवाकोटको सिसडोल क्षेत्र पुगेका छन् ।

उनीहरुले काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने उक्त ठाउँमा स्थानीयको समस्या र गुनासा सुनेपछि तत्काल केमिकल राखेर दुर्गन्ध हटाउने बताएका छन् ।

बालेनले फोहोरको उचित ढंगले व्यवस्थापन गर्न र फोहोरबाट इन्धन निकाल्न करिब ३-४ महिना लाग्ने बताएका छन् । कुहिने र नकुहिने फोहोर छुट्याउन काठमाडौंबासीमा जनचेतना फैलाउने काम तत्कालै सुरु गरिने उनको भनाइ छ ।