NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

वीरेन्द्रको शालिक पुर्नस्थापनामा अवरोध पुर्याइएकोमा ज्ञानेन्द्रको आपत्ति

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना दाजुसमेत रहेकान तत्कालीन राजा वीरेन्द्र शाहको सालिक राख्नेक्रममा नेपालगञ्जमा अवरोध भएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्तसमेत गरेका छन् ।

राट्रवादी र प्रजातन्त्रप्रेमी स्व. राजा वीरेन्द्रको सालिक पुनःस्थापना गर्ने कार्यमा अवरोध पु¥याइएको भन्दै सो घटनाबाट आफू स्तब्ध भएको ज्ञानेन्द्रको भनाइ छ ।

यस्तो छ पूर्वराजाले विज्ञप्तिको पूर्णपाठ :

नेपालगञ्जबासी जनताको तर्फबाट बिहीबार बाँके जिल्लाको नेपालगञ्जस्थित वीरेन्द्रचोकमा स्वतःस्फुर्त सहभागितामा एक राष्ट्रवादी र प्रजातन्त्रप्रेमी स्व. राजा वीरेन्द्रको सालिक पुर्नस्थापना गर्ने कार्यप्रति अवरोध पुर्याइएको घटनाबाट हामी स्तब्ध भएका छौं । नेपालको गौरवमय इतिहासमा हाम्रा प्यारा आदरणीय दाजु वीरेन्द्रको गहनतम योगदान रहेको सर्वबिदितै छ । राष्ट्रिय जनमत संग्रह, युगानुकुलको बहुदलीय संसदीय प्रणाली, क्षेत्रिय विकासको अवधारणा तथा शान्ति र समुन्नतिको गहन चिन्तन उहाँको स्मरणीय विषय हुन् । जुनसुकै विचार, दर्शन, अवलम्बन गरिए पनि देशका निम्ति विशिष्ठ योगदान पुर्याउने महामोनाहरूको स्मरण गर्ने परम्परा विश्वव्यापी रुपमा चलिआएको छ । त्यसैले, इतिहासको त्यस्तो आदर्श तथ्यलाई भुलेर मौसुफको शालिक स्थापनाका विषयमा नेपालगञ्जमा जुन प्रकारको अप्रिय घटना भयो , त्यो अत्यन्त दुःखदायी हो । इतिहास उसै मेटिन्न र ऐतिहासिक व्यक्तिहरूद्वारा प्रस्तुत भएका स्मरणीय विषय विधि उसै मर्दैनन् भन्ने कुरा सबैले बुझ्नुपर्दछ भन्ने मान्यता हाम्रो रहेको छ ।

वीरेन्द्रको शालिक राख्ने क्रममा झडप हुँदा प्रहरी र सर्वसाधारण घाइते – NepalWatch