NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

स्पेन घरेलु मैदानमा पोर्चुगलसँग बराबरीमा रोकियो

काठमाडौं । स्पेन घरेलु मैदानमा छिमेकी पोर्चुगलसँग बराबरीमा रोकिएको छ ।

युइएफए नेसन्स लिग फुटबलअन्तर्गत गएराति सेभिल्लामा भएको खेलमा अल्भारो मोराले गोल गर्दै २५ औँ मिनेटमा स्पेनलाई अग्रता दिलाएका थिए । त्यसपछि दुवै तर्फबाट कुनै गोल भएन ।

एक गोलले पछि परेपछि पोर्चुगलका प्रशिक्षक फर्नाण्डो सान्तोसले दोस्रो हाफमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई मैदानमा छिराएका थिए ।

तर, बराबरी गोल फर्काउन पोर्चुगललाई अन्तिमसम्म कुर्नुपर्यो । प्रतिस्थापन खेलाडी रिकार्डो होर्टाले ८२ औँ मिनेटमा गोल गर्दै पोर्चुगललाई हारबाट जोगाए ।

यो बराबरीपछि लिग ए ग्रुप २ मा दुवै टोलीले समान एक अंक जोडेका छन् । गोल अन्तरमा पोर्चुगल दोस्रो तथा स्पेन तेस्रो स्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा चेक रिपब्लिकले स्विट्जरल्यान्डलाई २–१ ले पराजित गरेको छ ।

यो नतिजापछि चेक समूहमा ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । अंकविहीन स्विट्जरल्यान्ड पुछारमा छ ।

दक्षिण कोरियाको पोस्टमा ब्राजिलका झण्डै आधा दर्जन गोल – NepalWatch