NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

युद्धग्रस्त युक्रेनमा ५० दूतावास पुनः सञ्चालनमा

किएभ । रुस-युक्रेन द्वन्द्व चौथो महिनामा प्रवेश गर्दैगर्दा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनको किएभमा ५० वटा दूतावास पुनः सञ्चालनमा आउनुले आफ्नो देश जारी युद्धमा विजयोन्मुख रहेको दरिलो विश्वासको प्रमाण भएको बताएका छन् ।

जेलेन्स्कीले बिहीबार व्यावहारिक रूपमा मात्र नभई प्रतीकात्मक रूपमा पनि यो समाचार महत्त्वपूर्ण रहेको टिप्पणी गरेका छन् । राजधानीमा फर्कने हरेक दूतावासले आफ्नो देश युद्धमा विजयोन्मुख रहेको प्रमाण दिएको उनको बुझाइ छ।

द किएभ इन्डिपेन्डेन्टले उल्लेख गरेअनुसार यसअघि भारतीय विदेश मन्त्रालयले पोल्याण्डबाट अस्थायी रूपमा सञ्चालित युक्रेनमा रहेको भारतीय दूतावासले मे १७ बाट किएभमा पुनः सञ्चालन गर्ने बताएको थियो ।

जारी द्वन्द्वका बीच अपरेशन गङ्गाअन्तर्गत भारतले युक्रेनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत २२,५०० भारतीय नागरिक, जसमध्ये अधिकांश विद्यार्थीहरू छन् उनीहरूलाई सुरक्षितरूपमा स्वदेश फिर्ता गराएको थियो ।

‘युक्रेनमा रहेको भारतीय दूतावास जुन अस्थायी रूपमा वार्सा (पोल्याण्ड) बाहिर सञ्चालित थियो सो मे १७ देखि किएभमा पुन सञ्चालन हुनेछ’ विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

युक्रेन द्वन्द्वका कारण बिग्रिएको सुरक्षा अवस्थाका कारण मार्च १३ मा दूतावास अस्थायी रूपमा वार्सामा सारिएको थियो । पोल्याण्डमा दूतावासलाई अस्थायी रूपमा सार्ने निर्णयको जानकारी दिँदै त्यस बेला विदेश मन्त्रालयले थप घटनाक्रमहरूको आधारमा स्थितिको पुन: मूल्याङ्कन गरिने बताएको थियो ।

युक्रेनमा बिग्रँदै गएको सुरक्षा अवस्था र देशको पश्चिमी भागहरूमा जारी आक्रमणहरूका कारण युक्रेनमा भारतीय दूतावास अस्थायी रूपमा सञ्चालन हुने बताइएको छ ।

यसैबीच अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेइड प्राइसले अमेरिकी दूतावासका कर्मचारीहरूलाई उनीहरूको सुरक्षाको लागि स्थानान्तरण गरिरहेको बताएका छन् । ‘हामीले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताप्रतिको हाम्रो प्रतिबद्धतालाई जोड दियौं, हाम्रो सहयोग जारी राख्ने वाचा गर्यौं र हामी किएभ फर्कने दिनको लागि काम गर्न थाल्यौं’ अमेरिकी विदेश मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।

स्टेट डिपार्टमेन्टका प्रवक्ताले युक्रेनी जनताले आफ्नो सुरक्षा सहयोगमा रुसको अप्रत्याशित आक्रामकताबाट आफ्नो मातृभूमिको रक्षा गरेका छन् र दूतावासमाथि फेरि स्टार र स्ट्राइपहरू उडिरहेका छन् भन्ने परिणाम हो भनेका छन् ।

‘हामी गर्वका साथ खडा छौं । युक्रेनको सरकार र जनतालाई समर्थन गर्न जारी राख्छौं किनभने उनीहरूले आफ्नो देशलाई क्रेमलिनको क्रूर आक्रामक युद्धबाट बचाउँछन’ प्राइसले विज्ञप्तिमा बताएका छन् ।

उनले भने, ‘किएभ फर्कने सहकर्मीहरूको सुरक्षा बढाउन थप उपायहरू गरिएको छ र सुरक्षा उपाय र प्रोटोकलहरू बढाइएको छ । हामी हाम्रा अगाडिका चुनौतीहरूको सामना गर्न प्रतिबद्ध छौं । युद्ध चलिरहेको छ । रुसका सेनाहरूले युक्रेनी भूमिमा हरेक दिन मृत्यु र विनाश गरिरहेका छन् । लाखौं युक्रेनीहरू आफ्नो घरबाट विस्थापित भएका छन् र आफ्ना प्रियजनहरू गुमाएकोमा शोक गरिरहेका छन् । हामी यहाँका जनता र शासनप्रति हाम्रो प्रतिबद्धता पुन पुष्टि गर्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

रूसले गत फेब्रुअरी २४ मा युक्रेनमा आफ्नो सैन्य कारबाही शुरु गरेको छ । यो कारबाहीले ठूलो मानवीय सङ्कट निम्त्याएको छ जसले मस्कोका उच्च ओहोदाका व्यक्ति र कम्पनीहरूलाई लक्षित गर्दै पश्चिमी देशहरूले प्रतिबन्ध लगाएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष