NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

युएईविरुद्धको खेलमा नेपालमा ८ रनमा अलआउट

काठमाडौं । आईसीसी यू १९ टी २० विश्वकप एसिया छनोटमा नेपाली महिला टोली यूएईविरुद्ध ८ रनमा अलआउट भएको छ ।

मलेसियामा भएको खेलमा टस जितेर पहिला् ब्याटिङ गरेको नेपाल ८ ओभर १ बलमा जम्मा ८ रन बनाउँदै अलआउट भएको हो । नेपालका लागि स्नेहा महराले बनाएको ३ रन नै व्यक्तिगत उच्च रह्यो । कप्तान कृतिका मरासिनीसहित ६ खेलाडीले खातासमेत खोल्न सकेनन् ।

यूएईका लागि माहिका गौरले सर्वाधिक ५ विकेट लिइन् । यस्तै इन्धुजा नन्दकुमारले ३ विकेट लिइन् ।

शुक्रबार नेपालले कतारलाई ७९ रनले हराउँदै विजयी भएको थियो । यूएईले भने पहिलो खेलमा भुटानलाई १ सय ६० रनले हराएको थियो ।

विश्वकप छनोट खेलमा नेपाल, मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् ।