NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

महामारीपछि साउदी अरबले हजका लागि पहिलाेपटक १० लाख तीर्थयात्री भित्र्याउने

रियाद । साउदी अरबले शनिबार कोरोनाभाइरस सङ्क्रमणको महामारीपछि हज तीर्थयात्रीहरूको पहिलो समूहलाई स्वागत गरेको छ ।

अधिकारीहरूले महामारीका कारण वार्षिकरूपमा मनाइने पर्वहरूमा तीव्र प्रतिबन्ध लगाउन उत्प्रेरित गर्दै स्वदेशी तथा विदेशी तिर्थालुलाई भ्रमण तथा भेला हुन प्रतिबन्ध लगाएको थियो ।

इण्डोनेशियाबाट आएको समूह मदीना सहरमा आइतबार अवतरण भएको छ र आगामी हप्ताहरूमा हजको लागि तयारी गर्न दक्षिणी मक्काको पवित्र सहर जाने तय गरिएको थिया राज्य सञ्चालित सञ्चार माध्यमले बताएको छ ।

देशको हज मंत्रालयका मोहम्मद अल-बिजावीले राज्य सञ्चालित अल–एखबरीया च्यानललाई बताउँदै भने, आज हामीले इण्डोनेशियाबाट यस वर्षको तीर्थयात्रीहरूको पहिलो समूहलाई स्वागत गरेका छौँ । आगामी दिनमा मलेसिया र भारतबाट हजका लागि उडान जारी रहनेछन् ।

महामारीको कारण दुई वर्षे अवरोधपछि आज हामी राज्य बाहिरबाट परमेश्वरका पाहुनाहरूलाई स्वागत गर्न पाउँदा खुसी छौं । साउदी अरबले उनीहरूको व्यवस्थापनका लागि ‘पूर्ण तयारी’ गरिरहेको छ ।

इस्लामका पाँच खम्बामध्ये एक मानिने हजलाई आफ्नो जीवनमा कम्तीमा एकपटक सम्भव हुने सबै मुसलमानहरूले हज जाने प्रचलन छ ।

सामान्यतया विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटमध्ये एक हज यात्रामा सन् २०१९ मा लगभग २ं५ लाख मानिसहरूले भाग लिएका थिए ।

सन् २०२० मा कोभिड-१९ को महामारी सुरु भएपछि साउदी अधिकारीहरूले नियन्त्रणको सीमा तोक्दै एक हजार तीर्थयात्रीहरूलाई मात्र भाग लिन दिने घोषणा गरका थिए ।

सन् २०२१ मा उक्त सङ्ख्यामा संशोधन गर्दै पूर्ण खोप लगाएका साउदी नागरिक तथा चिट्ठामार्फत छानिएका विदेशी बासिन्दाहरू गरी कूल ६० हजार हजमा सहभागी हुन पाउने व्यवस्था गरिएको थियो ।

यो बर्षको अप्रिल महिनामा साउदी अरबले जुलाईमा हुने यस हजमा देशभित्र र बाहिरबाट १० लाख मुसलमानहरूलाई भाग लिन अनुमति दिने घोषणा गरेको थियो ।

हजमा इस्लामको सबैभन्दा पवित्र शहर मक्का र पश्चिमी साउदी अरबका आसपासका क्षेत्रहरूमा पाँच दिनभन्दा बढी धार्मिक संस्कारहरू सम्पन्न गरिन्छन् ।