NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

पाँच घण्टादेखि पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्ग पाँच घण्टादेखि अवरुद्ध भएको छ । धादिङको थाक्रे गाउँपालिका–१, सिम्लेमा ट्रकको ठक्करबाट अटो चालकको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध पारेका हुन् ।

पीडित पक्षले क्षतिपूर्ति र ट्रक चालकलाई कारबाहीको माग राखेका छन् ।

पाँच घण्टादेखि स्थानीयले सवारी आवागमन रोक्दा पृथ्वी राजमार्गमा लामो जाम लागेको छ ।

काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको ना ६ ख १२७२ नंको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश०३–००१ ह १८१७ नंम्बरको अटोलाई ठक्कर दिँदा अटो चालक नीलकण्ठ नगरपालिका–५, खाल्टे घर भई बेलकोटगढी निवासी ३५ वर्षीय कमल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष