NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सुकुम्वासी बस्तीमा करेन्ट लाग्दा १ जनाको मृत्यु

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१, मनहरास्थित सुकुम्बासी बस्तीमा आज करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

आफ्नो बनाउँदै गरेको घरको ढलानको तार मिलाउने क्रममा करेन्ट लागेर सुकुम्वासी बस्तीमा बस्ने ५२ वर्षीय दिलबहादुर तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

प्रहरीले शव परीक्षणका लागि काठमाडौं मेडिकल कलेज पठाएर अनुसन्धान सुरु गरेको जानकारी उनले र्दि ।