NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

इंग्ल्याण्ड स्तब्ध, जर्मनीले हार टार्‍यो

काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्ड हंगरीसँग स्तब्ध बनेको छ ।

लिग एको समूह ३ अन्तर्गत गएराति भएको खेलमा इंग्ल्याण्डलाई हंगेरीसँग १–० गोल अन्तरले स्तब्ध भएको हो ।

हंगेरीलाई जित दिलाउन डोमिनिक सोबोस्लियाले ६६ औँ मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे ।

हंगेरीले १९६२ पछि पहिलोपटक इंग्ल्याण्डलाई हराएको हो ।

यस्तै, सोही समूहको अर्को खेलमा जर्मनीले हार टारेको छ । जर्मनीले इटालीसँग हार टारेको हो ।

गएराति भएको खेलमा इटाली र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

घरेलु टोली इटालीले युवा टोली उतारेको थियो । प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता पनि इटालीले बनाएको थियो ।

खेलको ७० औं मिनेटमा लोरेन्जो पेलेग्रिनीले गोल गर्दै इटालीलाई अग्रता दिलाए ।

तर, खेलको ७३ औं मिनेटमा जोसुआ किमिचले गोल गर्दै जर्मनीको जर्मनीको हार टारे ।

यस बराबरीसँगै समूह ३ मा इटालीले पहिलो खेलमा १ अंक जोडेको छ ।

जर्मनीले पनि पहिलो खेलमा १ अंक जोडेको छ ।

हंगेरी ३ अंकसहित पहिलो र इंग्ल्याण्ड अंकविहीन हुँदै पुछारमा छ ।

क्रोएसियामाथि अष्ट्रियाको फराकिलो जित – NepalWatch