NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

मप विश्वविद्यालयले माग्यो प्राध्यापक र कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले उपप्राध्यापकदेखि प्रशासनतर्फका विभिन्न पदमा १९ जनशक्ति माग गरेको छ ।

विभिन्न संकायका क्याम्पसहरूका लागि शैक्षिक र प्रशासनिक पदहरूमा करार र आंशिक सेवामा विज्ञापन आह्वान गरिएको मप विश्वविद्यालयले जनाएको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले विज्ञापन गरिएका पदहरूमा आगामी असार २६ गतेसम्म सिंगल र साउन १ गतेसम्म दोब्बर दस्तुर बुझाएर आवेदन दिन सकिनेछ ।

उपप्राध्यापकतर्फ अंग्रेजी, स्वास्थ्य शिक्षा, गणित, शैक्षिक योजना तथा व्यवस्थापन र प्रशासनतर्फ अधिकृत, मुख्य सहायकलगायत पदमा विज्ञापन गरिएको छ ।