NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

यू-१९ महिला विश्वकप एसिया छनोट : नेपालले भुटानलाई ४ विकेटले हरायो

काठमाडौं । आइसिसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गतको तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले पराजित गरेको छ । छनोट खेलमा नेपालको यो दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले कतारलाई हराएको थियो भने दोस्रो खेलमा युएईसँग पराजित भयो ।

भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । पहिलो ओभरमै ओपनर स्नेहा महरा खाता खोल्नै नपाई आउट भइन् । तेस्रो ओभरमा आउट भएकी अर्की ओपनर किरण कुमारी कुँवरले २ रनमात्र बनाइन् ।

भुटानका लागि सांगे ए वाङ्मोले सर्वाधिक तीन विकेट लिइन् । त्यसअघि टस जितेर ब्याटिङ रोजेको भुटानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनायो । उसका लागि नाङ्वाङ छोडेन र सांगे ए वाङ्मोले सर्वाधिक ११/११ रन बनाए ।

नेपालका लागि कृतिका मरासनी, मनिषाकुमारी उपाध्याय, अनु कडायतले दुईरदुई र स्नेहा महराले एक विकेट लिए ।

बलिङबाट मनिषा उपाध्ययले महत्वपूर्ण योगदान दिइन् । ४ ओभरमा दुई मेडनसहित ३ रन मात्र खर्चिएकी उनले भुटानका दुवै अ‍ोपनरलाई आउट गरिन् ।