NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

मुक्तिनाथ विकास बैंकको सन्देश : समयसँगै परिवर्तनको आवश्यकता (भिडियोसहित)

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले समयसँगै परिवर्तनको आवश्यकता रहेको डिजिटल बैंकिङ साक्षरताको जनचेतनाका लागि सन्देशमुलक भिडियो सार्वजानिक गरेको छ ।

यस भिडियोमा, जसरी एक आमाले आफ्नो सन्तानलाई सानै देखि हरेक पाइलामा साथ दिँदै बोल्न, हास्न, हिड्न सिकाउँछिन्, त्यसगरि सन्तान ठूलो भएपछि उसको कर्तव्य पनि आफनो आमाको सहायता गर्नु हो भनेर देखाइएको छ । आमालाई नजानेका कुरा सिकाउनु जस्तै डिजिटल बैंकिङको प्रयोग पनि सन्तानको कर्तव्य हो भन्ने सन्देश यस भिडियोले दिन्छ । सिकाइको लागि कुनै उमेरको सिमा नराख्दा साक्षरता बढ्छ ।

अहिलेको युगमा बैंक तथा वित्तीय संस्था सम्बन्धी विभिन्न कारोबारहरु डिजिटल बैंकिङमार्फतनै हुने गरेका छन् । कति व्यक्तिहरुलाई यो सहज लागे पनि धेरै वृद्ध – वृद्धा र सामान्य पढेका व्यक्तिहरुको लागि भने डिजिटल बैंकिङ सोचेभन्दा गाह्रो हुन पनि सक्छ । बैंकमा खाता र हातमा स्मार्टफोनको सहायताले विभिन्न काम जस्तै भुक्तानी, रिर्चाज, फण्ड ट्रान्सफर, आदि जस्ता कार्यहरु सजिलै एकै ठाँउमा बसेर गर्न सकिन्छ र यस्को साक्षरताले सबैलाई फाइदा पुग्ने सन्देश यस भिडियो मार्फत बैंकले दिन खोजेको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम प्रयोग गरी नेपालभरी रहेको भिसा नेटर्वकमा आवद्ध अन्य जुन सुकै बैंकको ब्त्ः एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।

त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने बंकले व्यवस्था गरेको छ ।