NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

हाइब्रिड शिक्षालाई सहायता गर्दै राकुटेन भाइबर

काठमाडाैं । विश्वभर निःशुल्क र सरल सञ्चारका लागि प्रयोग गरिने प्रमुख एपहरूमध्ये एक राकुटेन भाइबर नेपालका विद्यालयहरूले आफ्नो भौतिक कक्षाहरू पुनः सञ्चालन गरेपछि पनि शिक्षणसिकाइमा सहायक बन्दै आएको छ । नेपालको शिक्षा प्रणालीले नयाँ किसिमको सिकाइलाई अवलम्बन गरिरहेको अवस्थामा राकुटेन भाइबरले विद्यार्थी, अभिभावक र शिक्षकहरूबीचमा सहजीकरण गर्न निर्णायक भूमिका खेलिरहेको छ ।

शैक्षिक गतिविधिहरूमा फलदायी रहने अतिरिक्त फक्सनहरूलाई प्राथमिकता दिने र विस्तार गर्ने कुरामा भाइबर प्रतिबद्ध हुँदै आएको छ । यस विश्वसनीय मेसेजिङ एपले विद्यार्थी, शिक्षक र अभिभावकहरूबीचको सञ्चारमा रहने ग्यापलाई सजिलो र प्रभावकारी रूपमा कम गर्न विभिन्न फिचरहरूलाई प्राथमिकता दिई विकसित गरेको छ ।

भाइबरका प्रयोगकर्ता-मैत्री, सुरक्षा र गोपनीयताको सुनिश्चितताजस्ता फिचरहरूको लाभ उठाउँदै अहिले भौतिक कक्षाहरू पुनः सुचारू गरिएको अवस्थामा पनि विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थीहरूले भाइबर एपको प्रयोग गरिनै रहेको कम्पनीको भनाइ छ ।

नेपालका धेरै विद्यालयहरूले अझै पनि भाइबरको प्रयोग गरिरहेको एक अध्ययनले जनाएको छ । उक्त अध्ययनअनुसार विद्यालयले आफ्नो सूचना र शैक्षिक पाठ्यक्रम प्रसारित गर्न र कार्यान्वयन गर्न भाइबरको प्रयोग गर्छन् । उदाहरणका लागि, विद्यालय र अभिभावकहरूले अहिले पनि सामूहिक छलफल गर्न र बैठकहरूमा सहभागी हुन भाइबर ग्रुप च्याटको प्रयोग गरिरहेका छन् । ड्याफोडिल बोर्डिङ स्कूल, अनल ज्योति स्कूल भाइबर प्रयोग गर्ने केही विद्यालयहरू हुन् जसले आफ्नो सूचनालाई प्रसारित गर्न र पाठ्यक्रमलाई परिचालित गर्नका लागि भाइबर प्रयोग गर्छन् ।

‘हामीले पुनः कार्यालय समय र भौतिक कक्षा सुचारू गरेता पनि अझै भाइबरको प्रयोग गरिरहेका छौँ । हामीसँग धेरै भाइबर ग्रुहरू छन् : विद्यालय प्रशासन–अभिभावक ग्रुप, शिक्षक–विद्यालय प्रशासन ग्रुप र शिक्षक-विद्यार्थी ग्रुुप, अनल ज्योति विद्यालयका प्रधानाध्यापक निरोज महर्जनले भने ‘यदि हामीले कुनै किसिमको सूचना प्रवाह गर्नुपर्छ भने हामी भाइबरको विद्यालय प्रशासन–अभिभावक ग्रुपमार्फत् गर्छौँ । त्यसैगरी, हामी आन्तरिक बैठकहरू गर्न शिक्षक–प्रशासन ग्रुपको प्रयोग गर्छौँ भने हामीले विश्वव्यापी महामारीका कारण गुमेको समयलाई परिपूर्ति गर्न भाइबर ग्रुपहरू प्रयोग गर्दै आएका छौँ । यस माध्यमबाट विद्यार्थीहरूबीच कक्षाका नोटहरू मात्र आदानप्रदान हुँदैनन्, कहिलेकाहीँ शिक्षकहरूले पनि एपमार्फत् विद्यार्थीहरूसँग विभिन्न सिकाइका स्रोतहरू साझा गरी आफ्नो गुमेको शिक्षण समयलाई व्यवस्थापन गर्न सक्छन् । म यसलाई नेपालको शिक्षण प्रणालीमा लिइएको एउटा ठूलो फड्को मान्छु ।’

यसैगरी, कोभिड–१९को जोखिम कम हुँदै गरेको अवस्थामा एसईई प्रेपरेशन नेपाल, नेपाल अनलाइन स्कूल, एनइबी कक्षा ११–१२ जस्ता केही लोकप्रिय शैक्षिक भाइबर च्यानलहरू विविध विषयहरूसँग सम्बन्धित शैक्षिक जानकारी र सिकाइ सामग्रीहरू आदान–प्रदानमा धेरै प्रभावकारी र उपयोगी साबित भइरहेका छन् । ‘एसईई प्रेपरेशन नेपालले मलाई धेरै ढंगबाट मद्दत गरेको छ । भाइबरको च्यानलमा साझा गरिएका नोटहरू मेरो अध्ययनका लागि धेरै उपयोगी सिद्ध भएका छन् । मलाई कुनै पनि विषयको बारेमा कुनै दुविधा भएमा च्यानलको कमेन्टहरूमा मेरो जिज्ञासा लेख्नेबित्तिकै एडमिनहरूमार्फत् तुरुन्तै मार्गदर्शन र नोटहरू प्राप्त गर्दछु । मलाई यस प्लेटफर्मको यो सुविधा उत्कृष्ट लाग्छ ।’ एसईईका एक छात्रा आयुष्मा नकर्मीले भनिन् ।

यस्तै, विद्यार्थीहरू अहिले पनि भाइबर ग्रुप च्याट कम्यूनिटी, र च्यानल प्रयोग गर्न उत्तिकै उत्साहित छन् । भौतिक कक्षाहरू सुरु भए पनि, उनीहरू अझै भाइबरमा आफ्ना शिक्षकहरू र साथीभाइको साथ सहकार्य गर्दै पठन पाठनलाई सहज र रमाइलो बनाउने गरेको पाइएको छ ।

‘हाम्रो विद्यालयले आफ्नो भौतिक कक्षाहरू सुचारु गरे पनि, हामीले लकडाउनको समयमा सिर्जना गरेका भाइबर ग्रुपहरू अझै पनि प्रयोग गर्छौँ । ग्रुपमा हामी प्रायः शिक्षक र साथीहरूसँग सहकार्य गर्छाै। हामी नोटहरू आदान प्रदान गर्छौँ र कसैलाई समस्या हुँदा एक अर्कालाई मद्दत गर्नेगर्छौँ। कहिलेकाहीँ, हामी हाँसीमजाक गर्छौँ, हामी ‘फन्नी’स्टिकर र लेन्सहरू पठाउँछौँ। मलाई लाग्छ म मेरा शिक्षक र साथीहरूको नजिकै छु ।’ अक्षरा स्कूलको छात्र शाश्वत आर्यलले आफ्नो अनुभव बताए ।शाश्वत नौँ कक्षामा अध्ययनरत विद्यार्थी हुन् ।

त्यसैगरी, चाहे त्यो व्यक्तिगत मेसेजिङका लागि होस् वा कुनै पनि अभिभावक–शिक्षक मिटिङका लागि होस् भाइबरले अभिभावकहरूलाई विभिन्न प्रायजनहरूका लागि अनावश्यक एपहरू राख्ने बोझबाट छुटकारा दिएको छ । विद्यालय र शिक्षकहरूसँग नियमित रूपमा सञ्चार गर्न भाइबरमार्फत धेरै सजिलो भएको अभिभावकहरू बताउँछन् ।

मैले लामो समयदेखि भाइबर प्रयोग गर्दै आएको छु । जब अनलाइन शिक्षालाई प्रबर्द्धन गर्न भाइबर थप सुविधाहरू र योजनाहरूको साथ आयो; यो कुरा मेरा लागि थप राहतपूर्ण बन्न गयो। म अन्य एपहरू राख्नुपर्ने बोझबाट मुक्त भएँ । आज, हामी अभिभावकहरूले हाम्रा बालबालिकाको विद्यालय गइ राख्नु पर्दैन, हामी भाइबर ग्रुपमार्फत मिटिङहरूमामा उपस्थित हुन सक्छौँ । म भाइबरप्रति धेरै आभारी छु । एक अभिभावकले भने ।

भाइबरले निकट भविष्यमा हाइब्रिड लर्निङ प्रणालीलाई मद्दत पुग्ने थप कार्यक्रम र योजनाहरू ल्याउँदै छ । जसमध्ये विद्यालयहरूलाई लक्षित गरी हाइब्रिड सिकाइ प्रणालीका लागि प्रयोग गर्न सकिने भाइबर सुविधाहरूबारे प्रशिक्षण गर्न ल्याइन आँटेको वेबिनार एक हो । वेबिनार यो वर्षको तेस्रो क्वाटरमा हुने अपेक्षा गरिएको छ ।

महामारी घट्दै गएको छ र विद्यालयहरूले आफ्नो भौतिक कक्षाहरू पुनः सुरु गरिसकेका छन् । भाइबर अझै पनि हाइब्रिड सिकाइ प्रणालीहरू वढ्वा दिने उपकरण र योजनाहरूलाई प्राथमिकता दिन र विस्तार गर्न प्रतिबद्ध छ । ‘हाल हामी धेरै शैक्षिक योजनाहरूमा काम गरिरहेका छौँ जुन छिट्टै व्यवहारमा आउनेछ । यी योजनाहरू शिक्षामा पहुँचका लागि महत्त्वपूर्ण आधार हुनेछन् भन्नेमा म पूर्ण विश्वस्त छु,’ एशिया प्यासिफिक भाइबरका लागि प्रमुख डाइरेक्टर डेभिड त्सेले भने ।

राकुटेन भाइबरको बारेमा

राकुटेन भाइबर संसारको जुनसुकै कुनामा रहेका जोसुकैलाई जोड्ने सम्बन्धसूत्र हो । भाइबरको विश्वव्यापी प्रयोगकर्ताहरूले वान–टु–वान, भिडियो कल, ग्रुप मेसेजिङ, अपडेटहरूका साथै आफ्ना मनपर्ने ब्राण्ड र सेलीब्रेटीसँग अन्तरक्रियाजस्ता यावत् फिचरहरूको लाभ उठाउन सक्छन् ।

भाइबरले प्रयोगकर्ताहरूलाई आफ्ना भावनाहरू साझा गर्न सुरक्षित र स्वतन्त्र वातावरण सुनिश्चित गर्दछ । राकुटेन भाइबर, आइएनसीको एक हिस्सा हो, ई–कमर्स र वित्तीय सेवाहरूमा अग्रणो राकुटेन भाइबर गोल्डेन स्टेट वारियर्सको आधिकारिक इन्सट्याण्ट मेसेजिङ र कलिङ एप पार्टनर पनि हो ।