NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

रुसी जर्नेल मारिए

काठमाडौं । युक्रेनविरुद्धको युद्धमा होमिएका एक रुसी जर्नेल मारिएका छन् ।

डोन्बास क्षेत्रमा दुई पक्षबीच भएको आक्रमणमा रुसी सैनिक जर्नेल रोमन कटुजोभको ज्यान गएको हो ।

युक्रेनी सशस्त्र फौजले पूर्वी डोन्बासस्थित युद्धस्थलमा कुटुभोज मारिएको जनाएको छ ।

कटुजोभले रुसले स्वतन्त्र राज्यको मान्यता दिएको दोनेत्स्क क्षेत्रका आफ्ना सेनाको नेतृत्व गरिरहेका थिए ।

यसक्रममा कम्तीमा सात जना वरिष्ठ रुसी अधिकारी पनि मारिएको पश्चिमा राष्ट्रहरूले दाबी गरेका छन् । तर युक्रेनले भने आफ्नो जवाफी कारबाहीमा मारिने वरिष्ठ रुसी सेनाको संख्या १२ पुगेको दाबी गरेको छ ।

गत फेब्रुअरी २४ बाट युक्रेनमाथि आक्रमण थालेको रुसले त्यसयता यसलाई जारी राखेको छ । आइतबारदेखि उसले युक्रेनेका राजधानी किभमा समेत भीषण आक्रमण गरिरहेको छ ।