NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

पार्टीको निर्णय सबैले मान्नुपर्छ : सचिव जीवनराम श्रेष्ठ

काठमाडौं । पार्टीको निर्णय अवज्ञा गरेकोप्रति एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले असन्तुष्ट पोखेका छन् ।

आइतबार पार्टीको सचिवालय बैठकले ६ महिने भाका नाघेका आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाई नयाँ मन्त्रीको नामावली प्रधानमन्त्री शेरबाहादुर देउवालाई सिफारिस गरेको थियो । तर चालु आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहेको अवस्थामा विभागीय मन्त्री फिर्ता बोलाउँदा सरकार नै धरापमा पर्न सक्नेतर्फ सचेत गराउँदै प्रधानमन्त्री देउवाले नेपाललाई मनाएपछि नयाँ मन्त्रीको सपथग्रहण कार्यक्रम रोकिएको थियो ।

सपथग्रहण कार्यक्रम रोकिएपछि असन्तुष्ट रहेका सचिव श्रेष्ठले दलीय प्रणलीमा व्यक्ति पार्टीले गरेको निर्णय मन्त्री उल्लङ्घन गर्न नमिल्ने बताए ।

‘पार्टीको व्यवस्थामा व्यक्ति ठुलो हुन सक्दैन । पार्टीको निर्णय सबैले मान्नुपर्छ’, नेपालवाचसँग श्रेष्ठले भने, ‘मलाई विश्वास छ सचिवालयको निर्णय मन्त्रीहरूले मान्छन् ।’

सरकारमा कसलाई पठाउने वा नपठाउने भन्ने विषय पार्टीको सार्वभौम विषय भएकाले पार्टीको निर्णयलाई सरकारले हस्तक्षेम गर्न नमिल्ने श्रेष्ठको भनाइ छ । नेकपा एसको आइतबार बसेको सचिवालय बैठकले श्रेष्ठसहित चार जना नयाँ मन्त्रीको नाम प्रधानमन्त्री देउवालाई पाएको थियो ।

पार्टीको निर्णयप्रति सरकारमा सहभागी स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेमबहादुर आले, सहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम तथा रोजगारमन्त्री किसन श्रेष्ठले अध्यक्ष नेपाल र प्रधानमन्त्री देउवालाई भेटर निर्णयमा पुनर्विचार गर्न दबाब दिएका थिए ।

सपथग्रहण कार्यक्रम रोकिएपछि मन्त्री भएकोमा बधाई खाइसकेका सचिव श्रेष्ठ, पोलिटब्यूरो सदस्य मेटमणि चौधरी, केन्द्रीय सदस्य द्वय शेरबहादुर कुँवर र हीराचन्द्र केसी असन्तुष्ट छन् ।