NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

बञ्चरे डाँडामा प्रहरी र स्थानीयबीच झडप

काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापनमा बञ्चरे डाँडाका स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको छ ।
सोमबार सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको रोहबरमा काठमाडौं महानगरपालिका र सरोकारवाला निकायबीच फोहोर उठाउने सहमति भएबमोजिम महानगरले आजबाट फोहोर उठाएको थियो ।

तर फोहोर लिएर गएका टिप्परमाथि स्थानीय बासिन्दाले अबरोध गरेपछि दुई पक्षबीच झडप भएको हो । स्थानीय बासिन्दाले स्थानीय जनप्रतिनिधि र सरोकार समितिबीच सहमति नभइ फोहोर विसर्जन गर्न नदिने चेतावनी दिएका छन् । फोहोर फाल्न अबरोध गर्ने स्थानीयलाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिइएको एक स्थानीयले बताएका छन् ।

पछिल्लोपटक केही सातादेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन । घरको फोहोर स्थानीयले सडक ल्याएर फालिदिँदा दुर्गन्ध फैलिएको छ ।