NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

समाप्त भयो नेपालको विश्वकप सपना

काठमाडौं । थाइल्याण्डसँग पराजित भएसँगै नेपालको विश्वकप क्रिकेट खेल्ने सपना समाप्त भएको छ ।

आइसिसी यु–१९ महिला टी २० विश्वकप एसिया छनोटको थाइल्याण्डसँग ४९ रनले पराजित हुँदै नेपालको सम्भावना सकिएको हो ।

जित्नैपर्ने खेलमा नेपाल थाइल्याण्डसँग ९० रनको लक्ष्य पछ्याउँदा ४० रनमा समेटिएर पराजित भएको हो ।

चार खेलमा नेपालले दुई जित र दुई हार बेहोरेको हो । नेपालले अन्तिम खेलमा मलेसियासँग खेल्नेछ । तर यो खेल जिते पनि नेपालको विश्वकप खेल्ने लक्ष्य पूरा हुने छैन ।