NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

दुई वर्षीय बालकले लिए बाबुको ज्यान

काठमाडौं (एजेन्सी) । अमेरिकामा एक दुई वर्षीय बालकले आफ्नो बाबुको ज्यान लिएका छन् ।

फ्लोरिडाको ओर्लेण्डो नजिकको एक घरमा दुई वर्षका बालकले गोली भरिएको बन्दुक खेलाउँदा उनका २६ वर्षीय पिताको मृत्यु भएको हो ।

भुइँमा रहेको झोलामा बन्दुक भेटेका ती अबोध बालकले खेलौना सम्झेर ट्रिगर दबाउँदा रेग्गी म्याब्रे गम्भीर घाइते भएका थिए । लगत्तै उनलाई उपचारका लागि स्थानीय अस्पताल पुर्याइएकोमा त्यहाँ उनको मृत्यु भएको अरेञ्ज काउण्टीका अधिकारीले बताएका छन् ।

प्रारम्भमा रेग्गीले आत्महत्या गरेको आशङ्का अनुसन्धान अधिकारीहरूले गरेका थिए । तर मृतकका जेठा छोराले आफ्ना दुई वर्षीय भाइले बन्दुकको ट्रिगर दबाउँदा कम्प्युटरमा भिडियो गेम खेलिरहेका बाबाको ढाँडमा गोली लागेको बयान दिएका थिए ।

घटनाको समयमा पाँच महिनाकी बालिकासहित परिवारका पाँच सदस्य एउटै कोठामा थिए ।

ताजा अपडेट

नेपालवाच विशेष