NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

पोखरीमा डुबेर बालिकाको मृत्यु

महोत्तरी । जिल्लाको जलेश्वर नगरपालिका–३ खैरा गाउँमा बुधबार साँझ पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय किशोर सदाकी छोरी ६ वर्षीया आँचल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

बालिकाको शव परीक्षणका लागि गए राति प्रादेशिक अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ ।