NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

कञ्चनपुर जिससमा कांग्रेसको प्यानल निर्विरोध

कञ्चनपुर । जिल्ला समन्वय समिति, कञ्चनपुरको प्रमुखमा नेपाली कांग्रेसका दुर्गादत्त बोहरा निर्विरोध चयन भएका छन् । जिसस प्रमुखमा अन्य दलले दाबी नगरेपछि उनी निर्विरोध भएका हुन् ।

जिसस उपप्रमुखमा कांग्रेसकै रामकुमारी राना निर्विरोध चयन भएकी छन् । सदस्यहरुमा मोहन महता, रामसिंह भण्डारी, जयसिंह विष्ट, लिला चौधरी, चन्द्रावती थापा, विमलाकुमारी सार्की र अन्जुदेवी राना चयन भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।