NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

अमेरिकामा सैनिक विमान दुर्घटना

क्यालिफोर्निया । भि-२२ ओस्प्रे (सैनिक) विमान बुधबार दक्षिणी क्यालिफोर्नियामा दुर्घटनाग्रस्त भएको मरिन कोर्प्सका प्रवक्ताले स्पुतनिकलाई बताएका छन् । उक्त विमानमा कुनै आणविक सामग्री भने नभएको बताइएको छ ।

प्रवक्ताका अनुसार दुर्घटनामा कुनै हताहतीको पुष्टि भने भएको छैन । यद्यपि स्थानीय समाचार माध्यमहरूले मरिन कोर्प्स विमानमा सवार कम्तीमा चार जनाको मृत्यु भएको बताएका छन् ।

क्यालिफोर्नियाको स्यान डिएगोबाट बाहिर रहेको तेस्रो मरिन एयरक्राफ्ट विङको एउटा विमान मेक्सिकोको सीमाबाट करिब ३० माइल उत्तरमा राजमार्ग ७८ र ग्लामिस सहरनजिकै दुर्घटनाग्रस्त भएको, नौसेना वायु सेवा सुविधा एल सेन्ट्रोले समेत आफ्नो फेसबुक पेजमा पुष्टि गरेको स्पुतनिकले जनाएको छ ।

घटनास्थलबाट प्रतिक्रियाकर्ताको रेडियो कलले सो विमानमा आणविक सामग्री भएको सङ्केत गरेको थियो तर मरिन कोर्प्सले पछि प्रतिक्रिया दिदै सो अनुमानलाई खारेज गरेको विज्ञप्तिमा जनाइएको छ ।