NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

अमेरिकी सैनिक जनरल काठमाडौंमा

काठमाडौं । अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन बिहीबार नेपाल आइपुगेका छन् ।

उनी चारदिने औपचारिक भ्रमणका क्रममा नेपालमा रहनेछन् ।

उनी इन्डियो एयरलाइन्स नयाँदिल्लीबाट बिहीबार दिउँसो नेपाल आएका हुन् ।

सन् २०२१ जुनदेखि एसिया-प्रशान्त क्षेत्र प्रमुख रहेका उनी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा राष्ट्रिय सुरक्षा सल्लाहकार रहेका माइकल टी फ्लिनका भाइ हुन् ।

फ्लिनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ । शुक्रबार नै नेपाली सेनाले फ्लिनकाे सम्मान गर्ने कार्यक्रम छ ।

जनरल फ्लिनले शनिबार माउन्टेन फ्लाइट गर्ने, सगरमाथा आधार शिविर जाने र त्यस क्षेत्रमा रहेको एभरेस्ट भ्यु होटलमा बिहानको खाना खाने तयारी छ । त्यसमा नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्की फ्लिनसँगै हुनेछन् ।

आइतबार जनरल फ्लिनले नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालको भ्रमण गर्नेछन् । आइतबार बिहानको कार्यक्रपछि शिवपुरीस्थित सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा जाने उनको कार्यक्रम रहेको छ । र आइतबार बेलुका जनरल फ्लिन फर्किनेछन् ।

यसअघि जेठमा अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री उज्रा जिया, त्यसअघि सिनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा सांसदको ५ सदस्यीय टोली, दक्षिण तथा मध्य एसिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङ, दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आएका थिए ।